सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

‘पुष्पा’ फिल्मका नायक अल्लु अर्जुनविरुद्ध उजुरी

‘पुष्पा’ फिल्मका नायक अल्लु अर्जुनविरुद्ध उजुरी

साझा पोष्ट
शनिबार, जेठ २८ २०७९
  • images
    ‘पुष्पा’ फिल्मका नायक अल्लु अर्जुनविरुद्ध उजुरी
    images
    एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता अल्लू अर्जुन केही समययता ‘पुष्पा’ फिल्म का कारण चर्चामा छन्। उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो। अल्लू एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन्। सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लूको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै अल्लूलाई कारबाहीको माग गरेका छन्। उनले अल्लूविरुद्ध विज्ञापनमा अभिनय गर्नका लागि र चैतन्य शैक्षिक संस्थाविरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीमा उजुरी दिएका हुन्। उनले आममानिसलाई गलत सूचना दिएको भन्दै अल्लू र शैक्षिक संस्थानविरुद्ध मुद्दा चलाउनुपर्ने बताएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार