सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको अवस्था एकदमै नाजुक

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको अवस्था एकदमै नाजुक

साझा पोष्ट
शनिबार, जेठ २८ २०७९
  • images
    पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको अवस्था एकदमै नाजुक
    images
    एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफ गम्भीर विरामी परेका छन् । उनी तीनसातायता अस्पतालमा छन् । परिवारले ट्विटरमा मुशर्रफलाई अमाइलाईडोसिस नामक रोग लागेको जानकारी दिएको छ । यो रोगका कारण उनका सबै अंगले काम गर्न छोडेका छन् । अब उनी ठिक हुने संभावना नरहेको चिकित्सकले बताएका छन् । अमाईलाइडोसिस दुर्लभ र गम्भीर खालको रोग हो । यसबाट मानिसमा अमाईलाइड नामको असामान्य प्रोटीन बन्न थाल्छ । त्यो विभिन्न अंगमा जम्मा हुन थालेपछि काममा अवरोध आउँछ । र पछि अंगले काम गर्न छाड्छ । धेरैजनामा यो रोग वंशानुगत रुपमा पाइन्छ । केहीमा भने जीनको म्यूटेशनबाट पनि हुने गरेको छ । मुशर्रफलाई यो रोग लागेको सन २०१८ मा पत्ता लागेको थियो । त्यसयता उनको उपचार भैरहेको छ । पाकिस्तानी सेनाका प्रमुख समेत रहेका मुशर्रफले सन १९९९ मा जननिर्वाचित सरकार अपदस्त गरेर आफैलाई राष्ट्रपति घोषणा गरेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार