सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसियन कप छनोट: नेपाल कुवेतसँग ४-१ ले पराजित

एसियन कप छनोट: नेपाल कुवेतसँग ४-१ ले पराजित

साझा पोष्ट
शनिबार, जेठ २८ २०७९
  • images
    एसियन कप छनोट: नेपाल कुवेतसँग ४-१ ले पराजित
    images
    काठमाण्डौ । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार  दोस्रो हार व्यहोरेको छ ।शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए । यस हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । छनोटको समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार