सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एमाले सचिवालय बैठक बस्दै, के होला घनश्याम भुसालमाथिको कारवाहीको विषय ?

एमाले सचिवालय बैठक बस्दै, के होला घनश्याम भुसालमाथिको कारवाहीको विषय ?

साझा पोष्ट
आइतबार, जेठ २९ २०७९
  • images
    एमाले सचिवालय बैठक बस्दै, के होला घनश्याम भुसालमाथिको कारवाहीको विषय ?
    images
    काठमाण्डौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ । आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले सोमबारको सचिवालय बैठककाएजेण्डा तय गरेको थियो । जस अनुसार स्थानीय तहमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकको एजेण्डामा राखिएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेपछि सोमबार पहिलोपटक नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। स्थानीय निर्वाचनपछि बस्न लागेको यो पहिलो बैठकमा चुनावको समीक्षा गर्ने मुख्य एजेण्डा छ। तर, एमाले वृत्तमा तरङ्ग पैदा गरेको भुसालको कारबाहीको विषय भने आइतबार कार्यालयको बैठकमा एजेण्डा नै बनेन। बैठकमा सहभागी एक नेताका अनुसार आइतबारको कार्यालय बैठकमा यो विषय नै उठेन । त्यसैले एजेण्डा नै नबनेको विषयमा सचिवालय बैठकमा उठ्छ कि उठ्दैन चासोको विषय बनेको छ । तर पार्टी भित्र र बाहिर चर्को विरोध भएकाले यो विषय यत्तिकै रहन सक्ने सम्भवना पनि रहेको बताइएको छ । तर सचिवालय सदस्यले कुरा उठाउन सक्ने संभावना भने छ । भुसालले जसरी सचिवालय बैठकले निर्णय गर्छ त्यसै अनुसार प्रतिवाद गर्ने बताईसकेका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार