सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

लोसपा नेतालाई प्रधानमन्त्रीको वाचा- बजेट पास भएपछि नागरिकता विधेयक ल्याउँछु

लोसपा नेतालाई प्रधानमन्त्रीको वाचा- बजेट पास भएपछि नागरिकता विधेयक ल्याउँछु

साझा पोष्ट
आइतबार, जेठ २९ २०७९
  • images
    लोसपा नेतालाई प्रधानमन्त्रीको वाचा- बजेट पास भएपछि नागरिकता विधेयक ल्याउँछु
    images
    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नागरिकता विधेयक संसदमा टेबल गर्ने प्रतिबद्धता जनाएका छन् ।  प्रधानमन्त्री देउवाले सोमबार लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुसँग बजेट पास भए लगत्तै नागरिकता विधेयक टेबल गर्ने प्रतिबद्धता जनाएका हुन् । नागरिकता विधेयक, नेता कार्यकर्ता माथी लागेका मुद्दा फिर्ता लगायतका ११ वटा माग राख्दै लोसपाका नेताहरुले केहि दिनअघि प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका थिए । सोहि सम्बन्धमा ध्यानकर्षण गराउन लोसपाका नेताहरु आज प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । 'हामीले हाम्रा मागमा ध्यानाकर्षण गरायौं । नागरिकता विधेयक टेबुल नगरे संसद अवरोध गर्ने कुरा प्रधानमन्त्रीसँग राख्यौं’ लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले साझापोष्टसँग भने, ‘जवाफमा प्रधानमन्त्रीले बजेट पास भए लगत्तै नागरिकता विधेयक संसदमा टेबुल गर्छु भन्नुभएको छ ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार