सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मंसिर पहिलो हप्ता एकै चरणमा संघ र प्रदेशको चुनाव हुन्छः प्रचण्ड

मंसिर पहिलो हप्ता एकै चरणमा संघ र प्रदेशको चुनाव हुन्छः प्रचण्ड

साझा पोष्ट
सोमबार, जेठ ३० २०७९
  • images
    मंसिर पहिलो हप्ता एकै चरणमा संघ र प्रदेशको चुनाव हुन्छः प्रचण्ड
    images
    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन् । बर्दियामा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेसँग पनि मंसिरमा चुनाव गर्नेबारे समझदारी बनेको बताए । प्रचण्डले कार्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता गर्ने भन्नेबारे छलफल भएको र मंसिरमा निर्वाचन गर्ने समझदारी भएको बताए । ‘अब देश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको छ । गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षको कुरा सुन्दा मंसिर पहिलो हप्ता वा कार्तिक अन्तिम साता चुनाव गर्ने भन्ने छ, प्रचण्डले भने, ‘ मंसिर पहिलो हप्ता चुनाव हुने बढी सम्भावना छ ।’ एकै चरणमा निर्वाचन गर्ने कि दुई चरणमा भन्नेबारे निर्णय भइनसकेको भन्दै प्रचण्डले एकै चरणमा चुनाव हुने सम्भावना बढी रहेको बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार