सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

करका दर रातारात परिवर्तन गरिएको एमालेको आरोप, संसदमा अर्थमन्त्रीको जवाफ माग

करका दर रातारात परिवर्तन गरिएको एमालेको आरोप, संसदमा अर्थमन्त्रीको जवाफ माग

साझा पोष्ट
सोमबार, जेठ ३० २०७९
  • images
    करका दर रातारात परिवर्तन गरिएको एमालेको आरोप, संसदमा अर्थमन्त्रीको जवाफ माग
    images
    काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी भयो भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले विशेष समय लिएर सञ्चारमाध्यममा आएका विषयमा अर्थमन्त्रीको जवाफ मागेका हुन । ‘विगतका बैठकहरूमा नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा राजस्वका दर, भन्सार र करमा भएका कतिपय प्रावधानमा टिप्पणी गर्दै आएका छौं । आजका सञ्चार माध्यमहरूले उक्त विषयलाई गम्भीरताका साथ उठाएको छ । यसको म सभामुखमार्फत त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ भट्टराईले भने । सांसदहरूले विद्युतीय सवारी साधनमा किन अन्तःशुल्क लगाइयो, किन भन्सार महसुल बढाइयो लगायतका विषय उठाएको ? स्वास्थ्य बिमा किन प्राइभेट कम्पनीलाई दिइँदैछ ?  जुत्ता र स्यानिटरी प्याडमा कर किन लगाइयो भनेर प्रश्न उठाएको तर सरकारले जवाफ नदिएको भट्टराईको आरोप छ । 'कुनै अमूक व्यक्तिलाई अर्थमन्त्रीले अर्थमन्त्रालयमा बोलाउनुभयो । कार्यकक्षमा भएका अर्थमन्त्रालयका सचिव, राजस्वका सचिव, बजेट शाखा प्रमुखलगायतलाई उहाँले ती व्यक्तिको भनाइ नै आफ्नो भएको भन्नुभयो । मध्यरातमा अर्कै व्यक्तिको माध्यमबाट कर, भन्सार र राजस्वका दरमाथि तलमाथि गर्न खोजेर के गर्न खोजिएको हो,' बजेटमा हेरफेरि गरिएको आरोप लगाउँदै उनले भने, 'पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गरिँदैन भन्ने शपथ खाएका हुन्छौं । बजेट निर्माणको एक प्रक्रिया छ । बजेट निर्माणको १ महिना अगाडिदेखि बजेट शाखामा र अर्थ मन्त्रालयमा कुनै पनि मानिसलाई प्रवेश दिइँदैन तर यो राष्ट्रका नाममा खाएको शपथको खिलाफ हो । यो राष्ट्रघात पनि हो ।’ सञ्चारमाध्यममा आएका ती विषयमा अर्थमन्त्री शर्माले जवाफ दिनुपर्ने भट्टराईको माग छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार