सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अर्थमन्त्री फेर्ने भन्ने हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको हो, कुनै सत्यता छैनः प्रचण्ड

अर्थमन्त्री फेर्ने भन्ने हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको हो, कुनै सत्यता छैनः प्रचण्ड

साझा पोष्ट
सोमबार, जेठ ३० २०७९
  • images
    अर्थमन्त्री फेर्ने भन्ने हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको हो, कुनै सत्यता छैनः प्रचण्ड
    images
    काठमाडौं । अर्थमन्त्री फेर्ने हल्ला चलिरहेका बेला नेकपा माओवादीले यो हल्लाको पछि कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्थमन्त्री जनार्दन शर्मालाई फेर्नका लागि राजिनामा मागेको भनेर समाचारमा आएको कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । यस्तो हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको प्रचण्डको भनाइ छ । साथै अध्यक्ष प्रचण्डले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति समेत नरहेको प्रस्ट पारेका छन् । केही अनलाइन सञ्चारमाध्यमले अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई आइतबार खुमलटारमै बोलाएर ‘राजीनामा मागेका’ समाचारहरू सार्वजनिक भएका थिए । तर, अध्यक्ष प्रचण्डले अर्थमन्त्रीको राजीनामासँग जोडेर आएका कुनै पनि समाचार बदनाम गराउन फैलाएको अफवाह र षडयन्त्रबाहेक अरू केही नभएको भन्दै  आइतबारको भेटमा पार्टी संगठनका बारेमा कुराकानी भएको प्रस्ट पारे । ‘अर्थमन्त्री फिर्ता बोलाउने भनेर जेजे हल्ला चलाइएको छ । यो बदनाम गर्न फैलाएको अफवाह र पार्टीविरुद्धको षडयन्त्रबाहेक केही होइन’, बर्दियामा रहेका अध्यक्ष प्रचण्डले भने,‘ अर्थमन्त्रीले पार्टीको नीति निर्देशनमै काम गरिरहनुभएको छ । अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति छैन ।’ अध्यक्ष प्रचण्डले आफ्नो पार्टी र सरकारमा गएका मन्त्रीहरू बदनाम गर्न षड्यन्त्रपूर्वक ढङ्गले यस्ता हल्लाहरू चलाइएको हुनसक्ने बताएका छन् । यसैबीच प्रचण्डको सचिवालयले पनि झुटा समाचारको पछि नलाग्न आग्रह गरेको छ । नेतृत्वबीच नियमित हुने भेटघाटको विषयलाई लिएर गलत सूचना सम्प्रेषण नगर्न आग्रह गर्दछु, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, केही समाचार माध्यमले हिजो अध्यक्ष कमरेड र अर्थमन्त्री ज्युबिचको भेटलाई लिएर सम्प्रेषण गरेको समाचारले हाम्रो ध्यानाकर्षण भएको छ।'  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार