सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एमालेले माग्यो अर्थमन्त्रीको राजिनामा

एमालेले माग्यो अर्थमन्त्रीको राजिनामा

साझा पोष्ट
मंगलबार, जेठ ३१ २०७९
  • images
    एमालेले माग्यो अर्थमन्त्रीको राजिनामा
    images
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नु अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे समाचार सार्वजनिक भएको भन्दै एमालेले विरोध गरेको छ । एमालेले अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएको हो । मंगलबारको संसद बैठकको सुरुमै बोल्दै एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम रहेको बताए । उनले करको विषय राष्ट्रिय सुरक्षा जस्तै गोपनीय विषय भएको भन्दै गोपनियताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरु हुनु गम्भीर विषय भएको बताए । त्यसबारेमा छानबिन गर्नु पर्ने उनको माग छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार