सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसपीपी सम्झौता प्रस्तावबारे संसदलाई जानकारी गराउन माग

एसपीपी सम्झौता प्रस्तावबारे संसदलाई जानकारी गराउन माग

साझा पोष्ट
मंगलबार, जेठ ३१ २०७९
  • images
    एसपीपी सम्झौता प्रस्तावबारे संसदलाई जानकारी गराउन माग
    images
    काठमाण्डौ । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग भएको छ । एसपीपीको मस्यौदा नै सार्वजनिक भएपछि प्रतिनिधिसभामा यसको आधारिक जानकारी माग भएको हो । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको १० बुँदे प्रस्तावबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् । ‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यतिबेला अमेरिकी सेना कसरी आउँछ ? भनेर साथीहरु भन्नुहुन्थ्यो।’ सांसदले सुवालले भने–अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ । त्यसमा नेपाली सेनाको व्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने । नेपाली हल्का वायुयान अमेरिकाले प्रयोग गर्ने, उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने, अमेरिकाले ल्याउने सामानमा कर छुट दिने भन्ने छ । ’ नेपालमा अमेरिकी भित्राउन प्रमुख विपक्षी नेकपा एमाले समेत लागेको उनको आरोप छ । अघिल्लो सरकारमा एमालेका मन्त्रीहरुको यसमा संलग्नता रहेको सुवालले बताए । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी भैरहेको छ । त्यसअघि प्रधाननसेनापति अमेरिका भ्रमणमा जाँदैछ । अमेरिकी अधिकारीहरुले पनि नेपाल भ्रमण गरिरहेका छन् । ती भ्रमणको मुख्य उद्देश्य एसपीपीमा नेपाललाई हस्ताक्षर गराउनु रहेको बताइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार