सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

स्वास्थ्य राज्यमन्त्री विमला वलीको विषयलाई लिएर लुम्बिनी प्रदेश सभा बैठकमा एमालेको अवरोध

स्वास्थ्य राज्यमन्त्री विमला वलीको विषयलाई लिएर लुम्बिनी प्रदेश सभा बैठकमा एमालेको अवरोध

साझा पोष्ट
बुधबार, असार १ २०७९
  • images
    स्वास्थ्य राज्यमन्त्री विमला वलीको विषयलाई लिएर लुम्बिनी प्रदेश सभा बैठकमा एमालेको अवरोध
    images
    बुटवल । स्वास्थ्य राज्यमन्त्री विमला वलीको विषयलाई लिएर नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक मा अवरोध गरेको छ । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणबारे सरकारले प्रदेश सभा वैठकमा जवाफ नदिँदा सम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो । बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीय दलको प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए । सभामुख पूर्ण घर्तिले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।यसअघि नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले सरकारको जवाफ नआएसम्म वैठक चल्न नदिने निर्णय गरेको थियो । मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित एकराज बस्नेतको घरमा गई उनकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीलाई कुटपिट गरेकी थिइन् । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मुख्यमन्त्री कुलप्रसाद केसीले प्रहरीलाई फोनमार्फत दबाव दिएर छुटाएको सांसद ढकालले आरोप लगाए । सरकारले भने राज्यमन्त्री विमलाको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार