सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ओली निकट एमाले नेता सूर्य थापा घनश्याम भुसालमाथि खनिए

ओली निकट एमाले नेता सूर्य थापा घनश्याम भुसालमाथि खनिए

साझा पोष्ट
बुधबार, असार १ २०७९
  • images
    ओली निकट एमाले नेता सूर्य थापा घनश्याम भुसालमाथि खनिए
    images
    काठमाण्डौ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापा स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि खनिएका छन । विहीवार विहानै सामाजिक सञ्जाल फेसबुक मार्फत थापाले भुसालको चर्को आलोचना गरेका छन । एमाले अध्यक्ष ओली निकट नेता थापाले ओलीको आलोचना गर्ने भुसालमा आत्मनिन्दाको प्रवृत्ति रहेको टिप्पणी गरेका छन । हिजो एउटा कार्यक्रममा वाम एकतामा जोड दिँदै संसद विघटन लगायतका विषयमा ओलीको आलोचना गरेपछि ओली निकट थापा भुसालमाथि खनिएका हुन । थापाले भनेका छन– पार्टीको अहितमा नेतृत्वविरूद्द बर्बराउनु तपाईंको मार्क्सवादी तरिका हो ? थापाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन: आदरणीय घनश्याम भुसालजीले नेकपा(एमाले)स्थायी कमिटी सदस्यको मर्यादाविपरित सार्वजनिक गरिरहनुभएका अभिव्यक्तिहरू मूलत:विगतमा पार्टी कब्जा गर्न उद्दत, विभाजनकारी र एमालेविरोधी तत्वहरूलाई खुशी पार्ने कोटीका छन्। यो उहाँको आत्मनिन्दाको विनाशकारी रवैया र ‘सत्यनाश’को तरिका हो। कमसेकम रूपन्देहीमा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विजय हासिल गरेर काठमाडौं आई पार्टी कमिटीभित्र नेतृत्वमाथि ओैंला तेर्स्याउने धृष्टता गरेको भए त्यसलाई आत्मसमीक्षाको कोशिस भन्न मिल्थ्यो होला। २०७७ पुस ५ पछि आफ्नो पार्टीको नेतृत्वको सरकार ढाल्न राष्ट्रपति र सर्वोच्च अदालतसम्म हस्ताक्षर गर्दै हिडेडुलेर देउवालाई प्रधानमन्त्री बनाउन बदनाम भूमिका निर्वाह गरेकोप्रति एक शब्द आत्मालोचनासम्म गरेको भए, बर्षामान लहरमा बसेर सरकारबाट बाहिरिएको घोषणा गरेकोप्रति पश्चात्तापसम्म गरेको भए तपाईं सुन्नलायकसम्म हुने अवस्था बाँकी रहन्थ्यो। त्यतिबेला तपाईं मन्त्री हुनुअघिका यस्तै भाषणबाजी र मन्त्रीको हैसियतमा तपाईंको कार्यसम्पादनको दुरूहस्थिति र सीमा मात्रको तुलना गरेर आफैलाई हेर्नु र आत्मनिन्दाको यस्तो बाटो छाडेर सुध्रिनु उपयुक्त देखिन्छ। पार्टी त धुलो टक्टक्याएर उठ्छ र अघि बढ्छ, तपाईंचाहिँ प्रचण्ड र माधव नेपालसंग वामपन्थी एकताको राग अलाप्दै र आफ्नो नेतृत्वविरूद्द हवाई फायरिङ गर्दै एक साताव्यापी होइन, एक बर्ष त यसरी नै समय बेकारमा बिताइसक्नुभयो, बाँकी जीवनव्यापी अभियान नै संचालन गरेर समय बिताउन सक्नुहुन्छ । १० बुँदेको लिस्नो चढेर बरालिएको अवस्थाबाट पार्टीमा त फर्किनुभयो, तर अहिले त्यसलाई बिर्सिसक्नुभयो,अनि पार्टीको महाधिवेशनलाई समेत तपाईं सौराहा काण्ड भन्दै लाञ्छित गर्दै हुनुहुन्छ, जसको सारा प्रक्रियामा सहभागी भई केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएर आजको नेतृत्वदायी हैसियत पाउनुभएको छ। खासमा तपाईं अब कहाँबाट सम्हालिएर अघि बढ्नुहुन्छरु कि अरूको हित एवं आफ्नो पार्टीको अहितमा नेतृत्वविरूद्द बर्बराउनु तपाईंको मार्क्सवादी तरिका हो ? अहिलेलाई यत्ति प्रश्न मात्र !

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार