सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कांग्रेसको सरकार हुँदा एसपीपीको शुरुवात भएको इश्वर पोखरेलको दाबी

कांग्रेसको सरकार हुँदा एसपीपीको शुरुवात भएको इश्वर पोखरेलको दाबी

साझा पोष्ट
बिहीबार , असार २ २०७९
  • images
    कांग्रेसको सरकार हुँदा एसपीपीको शुरुवात भएको इश्वर पोखरेलको दाबी
    images
    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)को शुरुवात नेपाली कांग्रेसका सुशील कोइराला नेतृत्वको सरकारको पालामा भएको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाली सेनाले अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएपछि एमाले माथि प्रश्न उठेको थियो । तर एमाले उपाध्यक्ष पोखरेलले यसको बचाउ गर्दै ओली सरकारको पालामा नभई एसपीपीको शुरुवात कोइराला सरकारको पालामा भएको दाबी गरेका हुन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रवार पूर्व रक्षामन्त्री पोखरेलले एसपीपीबारे पत्राचारको मिती भन्दा पनि यसको पृष्ठभूमि हेर्नुपर्ने बताएका हुन् । ‘एसपीपी बारे नेपाली सेनाको तर्फबाट रक्षा मन्त्रालयलाई २०७२ भदौ २४ गते पत्राचार भएको थियो । त्यसपछि रक्षा मन्त्रालयबाट जंगी अड्डालाई सकारात्मक जवाफ भएको छ,’ पोखरेलले भने, ‘त्यसबेलाको प्रधानसेनापतिले एसपीपीका लागि पत्र पठाउनु भयो, त्यो भर्खर बनेको सरकारको नभई अघिल्लो सरकारको तर्फबाट गरिएको निर्णयको सिलसिला हो ।’सन् २०१९ मा एसपीपी इण्डो प्योसेफिक रणनीतिको अंगमा राखिएपछि नेपाल त्यसमा सहभागी नहुने निर्णय भएको उनले दाबी गरे ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार