सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

वाम आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने वामदेव गौतमको घोषणा

वाम आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने वामदेव गौतमको घोषणा

साझा पोष्ट
शुक्रबार, असार ३ २०७९
  • images
    वाम आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने वामदेव गौतमको घोषणा
    images
    काठमाडौं । बामपन्थी नेता एबं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने घोषणा गरेका छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले केही समयमा घोषणा गरेर कम्युनिस्ट पार्टी एकीकृत गर्ने अभियानमा लाग्ने उनले बताए । नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएर अहिले स्वतन्त्र रहेका गौतमले फेरि पनि कम्युनिस्ट पार्टी एकजुट हुनुपर्ने आफ्नो विचार रहेको बताएका हुन् । ‘केही समयदेखि म कुनै पनि पार्टीमा छैन, मेरो विचार कम्युनिस्ट फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसैले कुनै नेताको बारेका टीकाटिप्पणी गरेको छैन,’ गौतमले भने । देशलाई समाजवादमा लैजाने औजारको रुपमा नेकपा गठन भए पनि सो पार्टी अहिले तीन टुक्रामा विभाजित भएकोले त्यो अवसर गुमेको गौतमले बताए । ‘म फेरि कम्युनिस्ट आन्दोलनाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु, केही समयमा घोषणा गरेर काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ हुँदैन थाहा छैन,’ गौतमले भने । २०७४ सालमा नेकपा एमाले र माओवादीबीच चुनावी तालमेल र पछि पार्टी एकता गर्ने बेलामा गौतमको महत्वपूर्ण भूमिका थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार