सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतको आसाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु

भारतको आसाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु

साझा पोष्ट
आइतबार, असार ५ २०७९
  • images
    भारतको आसाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु
    images
    एजेन्सी । भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ । असामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको पाइएको छ ।असाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ । त्यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । उता मेघालयका पनि दर्जनौं जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ । यी जिल्लाहरुमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ । त्यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कत अपनाउन सूचना जारी गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार