सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण गठबन्धनबाट अनुमोदन, तर कुनै सम्झौता नहुने

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण गठबन्धनबाट अनुमोदन, तर कुनै सम्झौता नहुने

साझा पोष्ट
आइतबार, असार ५ २०७९
  • images
    प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण गठबन्धनबाट अनुमोदन, तर कुनै सम्झौता नहुने
    images
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका क्रममा कुनै सम्झौता नहुने भएको छ । पाँच दलीय सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले देउवाको अमेरिका भ्रमणमा कुनै सम्झौता नगर्ने सहमति गरेको हो । बैठकमा अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने तर, प्रधानमन्त्रीले कुनै समझदारी नगर्ने सहमति भएको हो। अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिएको थियो । प्रधानमन्त्रीले उक्त सुझावलाई पालना नगरी भ्रमणमा जाने निर्णय गठबन्धनबाट अनुमोदन गराएका हुन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार