सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राजा ल्याउने खतरनाक षडयन्त्र भैरहेको छ : माधवकुमार नेपाल

राजा ल्याउने खतरनाक षडयन्त्र भैरहेको छ : माधवकुमार नेपाल

साझा पोष्ट
आइतबार, असार ५ २०७९
  • images
    राजा ल्याउने खतरनाक षडयन्त्र भैरहेको छ : माधवकुमार नेपाल
    images
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझैपनि यो व्यवस्था असफल पारेर राजा ल्याउने षड्यन्त्र भैरहेको बताएका छन् । आइतबार काठमाडौमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले प्रतिगमनकारीहरु राजा ल्याउने षडयन्त्रमा लागेको बताए । तर कुनै हालतमा प्रतिगमन हुन नदिने नेपालले बताए । ‘प्रतिगमन हुन दिन्नौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘तर यो किमार्थ सम्भव छैन ।’ उनले राजाको शासन आएपछि देश राम्रो हुन्छ भनेर कतिपयले भनिरहेको भन्दै राजाले देश कसरी चलाएका थिए भन्ने आफुलाई राम्ररी थाहा भएको पनि बताए । संघीयतालाई समस्या भनिएकोमा पनि उनले आपत्ति जनाए । ‘संघीयता समस्या होइन, समस्या भनेको गुड गभरनेन्सको कुरा हो । जिम्मेवारी बोधको भावनाको  हो । कामको तरिका र दृष्टिकोणको समस्या हो’, अध्यक्ष नेपालले भने । उनले राजनीतिक पार्टी, नागरिक समाज र मिडियाले यस्ता समस्याका बारेमा सरकारलाई दबाब दिनुपर्ने पनि बताए । भ्रष्टाचार र गैरजिम्मेवार प्रवृतिको बिरोध गर्नुपर्ने भन्दै मूल्य बृद्धिको चपेटामा जनता परेको बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार