सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाई

पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाई

साझा पोष्ट
आइतबार, असार ५ २०७९
  • images
    पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाई
    images
    काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
    विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते बाँकेस्थित सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यो मुद्दामा पाण्डेलाई मात्रै सवा २ अर्ब रुपैयाँ बिगो तिराउनुपर्ने अभियोगसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले पाण्डेसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार बिगो र दुई वर्ष कैद सजाय मागेको थियो । आयोजनाको निर्माण जिम्मा पाण्डेको स्वामित्वको कालिका कन्स्ट्रक्सनले पाएको थियो। आयोजना प्रमुख, सिचाइँ विभागका इन्जिनियरहरू, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसहित २१ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा हालेको थियो। यसअघि थुनछेकको बहसका क्रममा विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो। सिक्टामा पाण्डे प्रमुख रहेको सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिचाइँ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माण ठेक्का ६ अर्ब रुपैयाँमा ठेक्का लिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार