सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

साझा पोष्ट
सोमबार, असार ६ २०७९
  • images
    एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय
    images
    काठमाडौं । सरकारले विवादित अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम(एसपीपी) अस्वीकार गर्दै पत्रकार लेख्ने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विवरणसहित अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको हो। २०७२ असोजदेखि अघि बढाइएको एसपीपी सम्झौता पछिल्लो समय नेपालमा चर्को विवादमा परेको थियो। असंलग्न परराष्ट्र नीति अपनाइरहेको नेपाल कुनै पनि सैन्य गठबन्धनमा जान नसक्ने निष्कर्षसहित एसपीपी अस्वीकारको निर्णय भएको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलले देशका हितमा राम्रो निर्णय भएको बताए । जेठ अन्तिम अमेरिका सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चार्ल्स ए फ्लाएनले नेपाल भ्रमण गरेपछि एसपीपी सम्झौता अझ विवादित भएको थियो। उनले नेपाल भ्रमण सकेर फर्किएपछि नेपाल भ्रमण उत्साहजनक भएको पनि प्रतिक्रिया दिएका थिए। उनको भ्रमणपछि यसबारे चर्को विवाद भएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार