सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कांग्रेस महामन्त्री थापा र शर्मा निर्वाचन आयोग जाँदै, प्रवासी नेपालीको मताधिकारका विषयमा दबाब दिने

कांग्रेस महामन्त्री थापा र शर्मा निर्वाचन आयोग जाँदै, प्रवासी नेपालीको मताधिकारका विषयमा दबाब दिने

साझा पोष्ट
सोमबार, असार ६ २०७९
  • images
    कांग्रेस महामन्त्री थापा र शर्मा निर्वाचन आयोग जाँदै, प्रवासी नेपालीको मताधिकारका विषयमा दबाब दिने
    images
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा प्रवासी नेपालीको मताधिकारका विषयमा दबाब दिन निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । विहान ११ बजे आयोगको कार्यालय पुगेर उनीहरुले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन् । विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए । महामन्त्रीद्वय थापा र शर्माले सोमबार उक्त विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ । तर आयोगले विदेशमा भएका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन सकेको छैन । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी नेपालीलाई मतदान गर्ने पाउने गरी प्रबन्ध मिलाउनु पर्ने भन्दै महामन्त्री थापा र शर्माले पहल थालेका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार