सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ओलीको प्रश्नः ‘माओवादी जनयुद्ध’ कसका विरुद्ध र के उद्देश्यका लागि थियो ?

ओलीको प्रश्नः ‘माओवादी जनयुद्ध’ कसका विरुद्ध र के उद्देश्यका लागि थियो ?

साझा पोष्ट
मंगलबार, असार ७ २०७९
  • images
    ओलीको प्रश्नः ‘माओवादी जनयुद्ध’ कसका विरुद्ध र के उद्देश्यका लागि थियो ?
    images
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी जनयुद्ध’ कसका विरुद्ध र के उद्देश्यका लागि थियो भनेर अहिलेसम्म प्रस्ट हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रियामा ओलीले संविधानले कानुनी र शान्तिपूर्ण रुपमा अघि बढ्न ठाउँ दिएको अवस्थामा राजनीतिक अधिकारका नाममा हिंसात्मक गतिविधिको औचित्य नहुने टिप्पणी गरे । राणा शासनविरुद्धको संघर्षमा राज्यले नै राजनीतिक अधिकार निषेध गरेका कारण त्यतिबेला हिंसात्मक अभियानलाई जायज ठहर्याउन सकिने तर त्यसपछिका अवस्थामा भने राजनीतिक अधिकारका लागि हिंसा गरिरहन पर्ने अवस्था नरहेको उनको भनाइ थियो । माओवादी जनयुद्धको नाम नलिइकन उनले भने, ‘तर देश हिंसामा गयो, कसका विरुद्ध, के प्राप्तिका लागि भन्ने अहिलेसम्म टुंगो लागेको छैन । गणतन्त्रका लागि थियो भने गणतन्त्र नआइकन त्यो टुंगियो, गणतन्त्र दिन्छु भनेर कसैले प्रतिवद्धता जनाएको पनि थिएन ।’ ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले विदेश मामिलाको सन्दर्भमा कसैसँग छलफल नगरेको बताए । विदेश मामिलाजस्तो संवेदनशील विषयमा सरकार एकलौटी ढंगले अघि बढेको ओलीको आरोप छ। छलफलमा ओलीले विदेश नीतिको मामिलामा आन्तरिक राजनीतिमा राष्ट्रिय सहमति चाहिने भएपनि देउवा सरकार एक्लै अघि बढेको बताए। २०४६ पछि यस्तो किसिमको संवादहीनता र कुनै पनि विषयमा प्रतिपक्षीसँग परामर्श नगर्ने, सूचना लुकाउने कुरा नभएको ओलीको जिकिर थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार