सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

असार १० भित्रै पार्टी विभागहरु गठन गर्ने कांग्रेस सभापति देउवाको तयारी

असार १० भित्रै पार्टी विभागहरु गठन गर्ने कांग्रेस सभापति देउवाको तयारी

साझा पोष्ट
मंगलबार, असार ७ २०७९
  • images
    असार १० भित्रै पार्टी विभागहरु गठन गर्ने कांग्रेस सभापति देउवाको तयारी
    images
    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानतः असार १० गतेभित्रै पार्टीका विभागहरु गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टीका विभागहरु गठन गर्न चासो नदेखाएको भन्दै आलोचना शुरु भएको थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत ध्यानाकर्षण गराएपछि सभापति देउवा विभाग गठनको तयारीमा जुटेका हुन् । प्रवक्ता प्रकाशशरण महतले विधानमा भएको व्यवस्था बमोजिम महाधिवेशनको ६ महिनाभित्रै विभाग गठनको तयारीमा सभापति देउवा लागेको जानकारी दिए । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सदस्यहरुको सपथको ६ महिना असार १० गते पुग्दैछ । शुरुमा १० वटा जति विभाग गठन गर्ने र बाँकी पनि छिट्टै गठन गर्ने तयारीमा सभापति देउवा रहेका छन् । कांग्रेसमा २८ वटा विभाग रहेका छन् । विभागमा बढीमा ५१ सदस्य हुने प्रावधान छ । प्रमुख, उपप्रमुख, एक सचिव र सदस्यहरुको नियुक्ति पार्टी सभापतिले गर्ने व्यवस्था छ । देउवाको अघिल्लो कार्यकालमा विधान विपरीत विभाग बढाइएको भन्दै एक पक्षले विरोध गरेको थियो । चार वर्षे कार्यकाल सकिएपछि देउवाले ४७ सदस्यीय विभाग बनाएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार