सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भाजपाको निर्णय

आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भाजपाको निर्णय

साझा पोष्ट
मंगलबार, असार ७ २०७९
  • images
    आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भाजपाको निर्णय
    images
    काठमाडौं । भारतमा सत्तारुढ भाजपा नेतृत्वको एनडीए गठबन्धनले द्रौपदी मुर्मुलाई आगामी राष्ट्रपतिका रुपमा अघि सारेको छ।राष्ट्रपतीय निर्वाचन नजिकिएसँगै भाजपाले उम्मेदवार घोषणा गरेको हो। उनले आगामी शनिबार मनोनयन दर्ता गराउनेछिन्। मुर्मु झारखण्डकी पूर्व गभर्नर हुन्। आफूलाई राष्ट्रपतिको उम्मेदवार छानेकोमा उनले खुसी व्यक्त गरेकी छिन्। उनले पहिलोपटक राष्ट्रपतिमा महिलालाई विश्वास गरेको भन्दै एनडीए गठबन्धनप्रति आभार व्यक्त गरेकी छिन्। भाजपाले राष्ट्रपति उम्मेदवारका लागि प्रारम्भिक सूचीमा २० जनाको नाम छानेको थियो। त्यसमध्ये अन्तिममा पूर्वी भारतकी महिला उम्मेदवार मुर्मुलाई छानेको हो। यसअघि नै प्रतिपक्षीले यशवन्त सिन्हालाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारिसकेको छ। जुलाई १८ मा भारतमा राष्ट्रपतिका लागि मतदान हुँदै छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार