सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुहुन्न : जनमोर्चा

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुहुन्न : जनमोर्चा

साझा पोष्ट
बिहीबार , असार ९ २०७९
  • images
    जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुहुन्न : जनमोर्चा
    images
    काठमाडौं । राष्ट्रिय जनमोर्चाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिन नहुने मत व्यक्त गरेको छ । सरकारले नागरिकता विधेयक संसदको यसै अधिवेशनबाट पारित गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बिहीबार विज्ञप्ति निकालेर आफूहरु जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनु हुँदैन भन्ने पक्षमा रहेको प्रष्ट पारेकी छन । ‘जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीको नागरिकता खारेज नगरी उनीहरुको सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान विधेयकमा आएमा जनमोर्चा त्यसका विरुद्ध उभिने छ’ जनमोर्चाको विज्ञप्तिमा भनिएको छ ।विगतमा जन्मका आधारमा नागरिकता दिँदा नै गल्ती भएको भन्दै जनमोर्चाले त्यतिबेला जन्मको आधारमा नागरिकता पाएका गैर नेपालीको नागरिकता खारेज नगरी उनीहरुको सन्तानलाई वंशजको नागरिकता दिन नमिल्ने बताएको छ ।   राष्ट्रिय जनमोर्चाले नेपाली पुरुषसँग विवाह गरी आउँदा विदेशी महिलालाई तत्कालै नागरिकता दिने हालको व्यवस्था मान्न नसकिने पनि बताएको छ ।‘नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिला नागरिकले विवाह गरेमा आफ्नो मुलुकको नागरिकता त्यागेको सात वर्षपछि मात्र निजलाई वैवाहिक अंगीकृत नागरिकता राज्यले दिनु पर्दछ’ जनमोर्चाले विज्ञप्तिमा भनेको छ –तर सात वर्षको दौरानमा निज महिलालाई राजनीतिक बाहेकका अन्य अधिकार प्रदान गरिनु पर्दछ भन्ने कुरामा हामी दृढ छौँ ।’  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार