सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

केही घण्टामै आफ्नो पार्टीका मन्त्रीहरु हेरफेर हुने एकीकृत समाजवादीको दावी

केही घण्टामै आफ्नो पार्टीका मन्त्रीहरु हेरफेर हुने एकीकृत समाजवादीको दावी

साझा पोष्ट
बिहीबार , असार ९ २०७९
  • images
    केही घण्टामै आफ्नो पार्टीका मन्त्रीहरु हेरफेर हुने एकीकृत समाजवादीको दावी
    images
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले अब केही घण्टाभित्रै मन्त्रीहरू हेरफेर हुने दाबी गरेको छ । केन्द्रीय सचिवालय बैठकका निर्णय जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताए । ‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विभिन्न कारणले ढिला भयो । अब पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छन्, उनले भने । पार्टीका मन्त्रीहरूले फिर्ता हुनका लागि विभिन्न शर्त राखेको भन्ने कुरा हल्लामात्रै भएको उनको भनाइ छ । ‘पार्टीमा व्यक्तिगत रुपमा कसले कोसँग छलफल गर्‍यो ? के भन्यो भन्ने कुराले अर्थ राख्दैन । पार्टीको निर्णय नै अन्तिम सर्त हुन्,’ खतिवडाले भने, ‘पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीको निर्णयभन्दा माथि कोही पनि छैन ।’ उनले पार्टीमा मन्त्री हेरफेरकै विषयलाई लिएर कसैले विद्रोह गर्ने अवस्थासमेत नरहेको दाबी गरे । शुक्रबारदेखि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दैछ । त्यस्तै, शनिबार केन्द्रीय कमिटी र असार १३ र १४ गते केन्द्रीय परिषद् बैठक बस्दैछ । तीनै बैठकका प्रस्तावको तयारीका लागि सचिवालय बैठक बसेको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार