सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

फाइनल खेलमा पानीभित्रै बेहोस् भइन् अमेरिकी पौडीबाज, यसरी गरियो उद्धार

फाइनल खेलमा पानीभित्रै बेहोस् भइन् अमेरिकी पौडीबाज, यसरी गरियो उद्धार

साझा पोष्ट
बिहीबार , असार ९ २०७९
  • images
    फाइनल खेलमा पानीभित्रै बेहोस् भइन् अमेरिकी पौडीबाज, यसरी गरियो उद्धार
    images
    काठमाडौं । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिप प्रतिस्पर्धाकै क्रममा पोखरीभित्रै बेहोस भएकी छन् । तर प्रशिक्षकले उनको समयमै उद्धार गरेपछि ज्यान जोगिएको छ । बुधबार हंगेरीको बुढापेष्टमा एकल सोलो फ्री इभेन्टको फाइनलका दौरान २५ वर्षीया अमेरिकी सिंक्रोनाइज्ड स्वीमर अल्भारेज प्रतिस्पर्धाकै क्रममा बेहोस भएपछि पोखरीको पीँधमा पुगेकी थिइने । तत्कालै उनकी प्रशिक्षक एन्ड्रिया फ्युन्टेस पोखरीमा पसेर पीँधबाट उनलाई बाहिर ल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । पोखरीबाट बाहिर निकाल्नेवित्तिकै अल्भारेजको होस खुलेको थियो । उनको तत्काल प्राथमिक उपचार गरिएको थियो । उनी पूर्ण स्वस्थ भइसकेको बताइएको छ । अल्भारेज प्रतिस्पर्धा गरिरहेको समयमा पोखरीभित्रै बेहोस भएको यो दोस्रोपल्ट हो । यसअघि सन् २०२१ मा बार्सिलोनामा सम्पन्न ओलम्पिक छनोट प्रतियोगितामा पनि उनी बेहोस भएकी थिइन् । त्यतिबेला पनि पोखरीभित्र छिरेर उनको उद्धार अहिलेकै प्रशिक्षक फ्युन्टेसले गरेकी थिइन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार