सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

समाजवादीको विवादमा एमाले नेताले हात हाले, योगेश भट्टराई भन्छन् : एमाले नफुटाऊँ भन्दा मानेनन्, अब पश्चातापको दिन आउँदैछ

समाजवादीको विवादमा एमाले नेताले हात हाले, योगेश भट्टराई भन्छन् : एमाले नफुटाऊँ भन्दा मानेनन्, अब पश्चातापको दिन आउँदैछ

साझा पोष्ट
शुक्रबार, असार १० २०७९
  • images
    समाजवादीको विवादमा एमाले नेताले हात हाले, योगेश भट्टराई भन्छन् : एमाले नफुटाऊँ भन्दा मानेनन्, अब पश्चातापको दिन आउँदैछ
    images
    काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्रको विवादका विषयमा एमालेका नेताहरुले पनि हात हाल्न थालेका छन । समाजवादीका चार मन्त्रीसहित १० सांसदले अध्यक्ष नेपालको निर्णयलाई चुनौती दिँदै संसदीय दल बैठक नै बोलाउन माग गरेपछि एमाले सचिव योगेशकुमार भट्टराईको प्रतिक्रिया आएको हो ।समाजवादी भित्रको विवादबारे प्रतिक्रिया आएको छ । भट्टराईले माधवकुमार नेपाललाई पार्टी विभाजन नगरौँ भनेर आफूले गरेको अनुनयविनयलाई अस्वीकार गर्दा अहिले संकटमा फसेको टिप्पणी गरेका छन । तत्कालीन नेकपा विभाजनअघि र एमाले ब्यूँतिएपछि पनि नेपालको साथमा रहेका भट्टराईले एकीकृत समाजवादीको अहिलेको अवस्था देख्दा विभाजनको औचित्य पुष्टि गर्न नसकेको बताएका छन्। 'एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा ऊबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनयविनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क पुष्टि हुँदैछ', उनले भनेका छन्, 'नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ।' उनले माधव नेपाललाई प्रयोग गरेर कम्युनिष्ट आन्दोलन तहसनहस पार्न खोजिएको पनि बताएका छन् । 'हेर्दै जाऊँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ', उनले भनेका छन्, 'आत्माबोध र पश्चाताप : सिर्फ कहिले?'

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार