सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

माधव नेपालको ब्रिफिङः आफ्नो पार्टीमा प्रेसर हुने भएपछि प्रचण्डले देउवालाई मन्त्री नफेर्न दबाब दिए

माधव नेपालको ब्रिफिङः आफ्नो पार्टीमा प्रेसर हुने भएपछि प्रचण्डले देउवालाई मन्त्री नफेर्न दबाब दिए

साझा पोष्ट
शुक्रबार, असार १० २०७९
  • images
    माधव नेपालको ब्रिफिङः आफ्नो पार्टीमा प्रेसर हुने भएपछि प्रचण्डले देउवालाई मन्त्री नफेर्न दबाब दिए
    images
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका अन्य दलको प्रभावमा पर्दा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पार्टीका मन्त्री फेर्ने निर्णय कार्यान्वयन नगरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय मिनभवनमा जारी पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्री फेर्नेबारे आफूले प्रधानमन्त्री देउवासँग पटक–पटक कुराकानी गरेपनि कार्यान्वयन नभएको बताए। प्रधानमन्त्री देउवा गठबन्धनका अरु दलको प्रभावमा पर्दा मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन नसकेको अध्यक्ष नेपालको भनाइ थियो। बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष नेपालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन नहुनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका बढी जिम्मेवार रहेको पनि बताएका छन्। अहिले एकीकृत समाजवादीका मन्त्रीहरु फेर्दा आफ्नो पार्टीमा पनि दबाब सिर्जना हुने भएपछि प्रचण्डले देउवालाई मन्त्री फेर्न नदिएको नेपालको भनाइ छ। यद्यपि मन्त्री फेर्ने पार्टीको निर्णय जसरी पनि कार्यान्वयन हुने नेता नेपालको भनाइ छ। ‘पार्टीले निर्णय गरेर मन्त्रीहरु परिर्वतन गर्ने भनेकाले छिट्टै कार्यान्वयन हुन्छ,’ अध्यक्ष नेपालले बैठकमा गरेको सम्बोधन उद्धृत गर्दै एक नेताले भने, ‘सुरुरुमा बजेट पारित र जवाफ दिने कुराले रोकिएको हो। अहिले गठबन्धनको दलभित्र समस्या हुने कुरा भएकाले यी सबै मिलाएर पार्टीको निर्णय कार्यान्वयन हुन्छ।’ सम्बन्धित समाचार समाजवादीको विवादमा एमाले नेताले हात हाले, योगेश भट्टराई भन्छन : एमाले नफुटाऊँ भन्दा मानेनन्, अब पश्चातापको दिन आउँदैछ एकीकृत समाजवादीमा भाँडभैलो, माधव नेपाल संकटमा, के छ १० जनाको असहमति पत्रमा ? एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठकमा रामकुमारी झाँक्री अनुपस्थित नेकपा एकीकृत समाजवादीमा ‘विद्रोह’ : १० जना सांसद मन्त्री हेरफेरको विरोधमा, संसदीय दलको बैठक बोलाउन माग मन्त्री झाँक्रीमाथि अनेरास्ववियूका अध्यक्षको कडा टिप्पणी : मुखमा टेप लगाएको स्टन्ट मात्रै रहेछ

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार