सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा डा.मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा डा.मुकुल ढकाल

साझा पोष्ट
शुक्रबार, असार १० २०७९
  • images
    राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा डा.मुकुल ढकाल
    images
    काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्। रवि लामिछाने नेतृत्वको पार्टीले ढकाललाई प्रवक्ता बनाएको हो ।पार्टी गठनको घोषणापछि आज पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गरेको छ । प्रवक्ता ढकालको हस्ताक्षरसहित पत्रकार सम्मेलन भन्दै पार्टीले पत्र सार्वजनिक गरेको छ। विराटनगरका ढकाल कालिकोटको रास्कोट अस्पतालका डाइरेक्टर हुन्। लामिछानेको पहलमा उक्त अस्पताल बनेको थियो। लामिछानेले आफ्नो पार्टीमा २१ जना रहेको बताए पनि को को छन् खुलाएका थिएनन्। ढकालले पार्टी सभापति लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको पनि फेसबुक मार्फत सार्वजनिक गरेका छन ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार