सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

माओवादी केन्द्र दाङका पूर्व ईञ्चार्ज जीवन गौतम एमालेमा

माओवादी केन्द्र दाङका पूर्व ईञ्चार्ज जीवन गौतम एमालेमा

साझा पोष्ट
शुक्रबार, असार १० २०७९
  • images
    माओवादी केन्द्र दाङका पूर्व ईञ्चार्ज जीवन गौतम एमालेमा
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्र दाङका पूर्व इन्चार्ज एवं केन्द्रीय सदस्य जीवन गौतम नेकपा एमाले प्रवेश गरेका छन्। शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा प्रवेश गराएका हुन्। स्थानीय तहको निर्वाचनअघि उनले पार्टी परित्याग गरेका थिए। तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकारका रुपमा लामो समय काम गरेका गौतमलाई मेयरको उम्मेदवार बनाउने सम्भावना नभएपछि पार्टी छाडेको घोषणा गरेका थिए।उनी नारायणकाजी श्रेष्ठ निकट हुन । उनी माओवादी केन्द्रको तर्फबाट घोराही उपमहानगरपालिका मेयरमा प्रमुख दावेदार थिए। गौतम त्योभन्दा अघिको निर्वाचनमा घोराही उपमहानगरपालिकाका एमालेका उम्मेदवार नरुलाल चौधरीसँग पराजित भएका थिए। पार्टीभित्र चरम गुटबन्दी र गैर कम्युनिस्ट चरित्र देखिएको भन्दै उनले राजीनामा दिएका  थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार