सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

संघर्ष छ तर गठबन्धनको विकल्प खोज्दैनौं : माधवकुमार नेपाल

संघर्ष छ तर गठबन्धनको विकल्प खोज्दैनौं : माधवकुमार नेपाल

साझा पोष्ट
आइतबार, असार १२ २०७९
  • images
    संघर्ष छ तर गठबन्धनको विकल्प खोज्दैनौं : माधवकुमार नेपाल
    images
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विकल्प नखोज्ने बताएका छन । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनलाई निरन्तरता दिने बताएका हुन । तर गठबन्धनमा अहिले आफ्नो पार्टीको संघर्ष र एकता दुवै चलिरहेको बताए । ‘दक्षिणपन्थी, राष्ट्रिय आत्मसमर्पणवाद र बिसर्जनवादसँग लड्न गठबन्धन बनाएको हौं। बिसर्जन होइन, आत्मसमर्पण होइन, देशभक्त र लोकतान्त्रिक विधि अवलम्बन गर्ने सबैलाई समेटेर अघि बढ्ने क्रममा गठबन्धन बनेको हो।’ नेपालले भने– गठबन्धनलाई निरन्तरता दिने पक्षमा हामी रहन्छौं।’ गठबन्धनसँग सम्बन्ध भने संघर्ष र एकताको हुने बताए। गलत कुरामा लड्ने र राम्रा कुरामा समर्थन गर्दै गठबन्धमै रहेर अघि बढ्ने बताएका हुन्। एकता निःशर्त नहुने बताउँदै उनले भने, ‘एकता भनेको सशर्त हुन्छ। भ्रष्टाचारमा एकता हुँदैन। भ्रष्टीकरणविरुद्ध एकता हुँदैन।’ पार्टीनिकट महिला संगठनको कार्यक्रममा नेपालले आफूहरूसँग तीन विकल्प रहेकोमा विद्रोह रोजेको बताए । ‘हामीसँग केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्यास लिने र विद्रोह गर्ने तीन विकल्प थिए ।’ नेपालले भने- हामीले विद्रोह रोज्यौँ । तर, विद्रोह गर्न कम्ती गाह्रो भएको थियो ? ’ उनले कार्यकर्तालाई आफैं नमूना बनेर काम गरेर देखाउन निर्देशन दिए। पार्टी कार्यकर्ताले यसको संगठन मजबुत बनाउन राम्रा कामका साथै प्रचारात्मक काममा समेत जोड दिन निर्देशन गरे।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार