सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आयात गर्न नसकेपछि श्रीलंकाले गर्‍यो देशभित्रै इन्धन कटौती

आयात गर्न नसकेपछि श्रीलंकाले गर्‍यो देशभित्रै इन्धन कटौती

साझा पोष्ट
आइतबार, असार १२ २०७९
  • images
    आयात गर्न नसकेपछि श्रीलंकाले गर्‍यो देशभित्रै इन्धन कटौती
    images
    एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जनाएका छन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ । बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने जनाएको हो । मन्त्री विजकेसरीले सार्वजनिक यातायात, अस्पताल र उद्योगहरुलाई प्राथमिकता दिइने र अरु क्षेत्रका सवारीको इन्धनमा कटौती गरिने जानकारी दिए । उनले कच्चा तेल अर्को हप्ता प्राप्त हुने भन्दै प्रशोधन केन्द्रलाई त्यसको तयारीमा रहन आग्रह गर्नुका साथै यातायातका लागि लाइनमा नबस्न सबै सर्वसधारणलाई आग्रह गरेका छन् । श्रीलङ्कामा आर्थिक मन्दी छाएको छ । जसका कारण यहाँ इन्धनमा हुने नियमित आपूर्तिमा पनि कमी आउन थालेको बताइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार