सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अर्थमन्त्री शर्माको एमालेलाई जवाफ : बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा दिन्नँ

अर्थमन्त्री शर्माको एमालेलाई जवाफ : बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा दिन्नँ

साझा पोष्ट
सोमबार, असार १३ २०७९
  • images
    अर्थमन्त्री शर्माको एमालेलाई जवाफ : बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा दिन्नँ
    images
      काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताएका छन् । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री शर्माले आफ्नो अडान राखेका हुन । ‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भने, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’   करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भन्दै उनले यसको विरोध गर्नुको औचित्य नभएको बताए । करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उनले दाबी गरे । ‘करको दर घटाउने निर्णयले उद्योग क्षेत्र, मुलुक र जनतालाई हित भन्ने कुरा प्रधान हो,’ अर्थमन्त्री शर्माले भने ‘ तर घटाउन पाइन्न, भन्न पाइन्न । कसरी अर्थमन्त्री अनैतिक भयो ? मेरो अधिकारको कुरा हो । यसलाई कथा बुनेर अन्यत्र लैजानु हुन्न ।’ एमालेले करका दर रातारात असम्बन्धित व्यक्ति राखेर फेरबदल गरेको भन्दै अर्थमन्त्रीको राजीनामा मागिरहेको छ । उसले अर्थमन्त्रीलाई संसदमा बहिस्कार गर्दै आएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार