सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चित्रबहादुरको प्रश्न: गणतन्त्र सिध्याउने कम्युनिष्ट एकता किन चाहियो ?

चित्रबहादुरको प्रश्न: गणतन्त्र सिध्याउने कम्युनिष्ट एकता किन चाहियो ?

साझा पोष्ट
सोमबार, असार १३ २०७९
  • images
    चित्रबहादुरको प्रश्न:  गणतन्त्र सिध्याउने कम्युनिष्ट एकता किन चाहियो ?
    images
    काठमाडौं । रष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र जोगाउने चुनौती थपिएको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयको अन्तरक्रियामा केसीले नेपाललाई पुनः हिन्दु राज्य बनाउन जोड भइरहेको बताए। ‘नेपालमा हिन्दु राज्य बनाउने जोड भयो’ केसीले भने, ‘पाँच दलमा पनि मनमुटाव छ । त्यसकारण गणतन्त्र जोगाउनुपर्ने चुनौती छ।’ केसीले देशको सार्वभौमसत्ता संकटमा परेको भन्दै आफूलाई कम्युनिष्ट भन्नेहरुबाटै गैरकम्युनिष्ट काम भैरहेको टिप्पणी गरे । ‘कम्युनिष्टको खोल ओढेर गैरकम्युनिष्ट काम भयो। बिचमा कम्युनिष्ट मिलेको होइन ? ’ केसीले प्रश्न गर्दै भने, ‘तर पचेन। धान्न सकेनौं । गणतन्त्र सिध्याउन भूमिका खेल्ने कम्युनिष्ट एकता किन चाहियो ? ’ साम्राज्यवादीहरुले कम्यूनिष्टहरुलाई लडाइरहेको केसीले बताए । कम्युनिष्टहरु मिल्नुपर्नेमा कांग्रेससँग मिल्नुपर्ने अवस्था आएको उनले बताए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार