सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गगन थापा लक्षित झलनाथको टिप्पणी - आज चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ?

गगन थापा लक्षित झलनाथको टिप्पणी - आज चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ?

साझा पोष्ट
सोमबार, असार १३ २०७९
  • images
    गगन थापा लक्षित झलनाथको टिप्पणी - आज चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ?
    images
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गरेर नेपालमा अमेरिकी सेना आयो भने चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी प्रश्न गरेका छन् ।  आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । नेता खनालले भने, ‘त्यतिबेलै मान्छेहरुले भनेका थिए एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भनेर तर त्यस्तो कहाँ लेखेको छ भनेर भाषण गरे कतिपयले, कतिपयले मलाइ चार पाटा मुडेर निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ? यो डकुमेन्टले देखाएन ?’ प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित हुँदा कांग्रेस नेता थापाले नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुटो कुरा फैलाइएको भन्दै अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस् भनेका थिए । नेता खनालले अहिले एसपीपी प्रस्ताव अस्वीकार गर्दा भने नेताहरुले वुद्धि पुर्‍याएको समेत बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार