सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मदन भण्डारीको जन्मजयन्ती पारेर वामदेव गौतम नयाँ दलको घोषणा गर्दै

मदन भण्डारीको जन्मजयन्ती पारेर वामदेव गौतम नयाँ दलको घोषणा गर्दै

साझा पोष्ट
सोमबार, असार १३ २०७९
  • images
    मदन भण्डारीको जन्मजयन्ती पारेर वामदेव गौतम नयाँ दलको घोषणा गर्दै
    images
    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले आज नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्नेभएका छन् । नेकपा विभाजित भएपछि तटस्थ रहँदै आएका नेता गौतमले आज दिउँसो पत्रकार सम्मेलन गरेर नयाँ दलको घोषणा गर्न लागेका हुन् । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्मदिन पारेर नेता गौतमले नयाँ दल खोल्न लागेका हुन् । नयाँ दल घोषणाका लागि आज दिउँसो ३ बजे पत्रकार सम्मेलन राखिएको एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।  नेता गौतमले पछिल्लो समय वाम एकताको वकालत गर्दै आएका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार