सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

श्रीमती, छोरा र स्वकीय सचिव राखेर बनाए वामदेव गौतमले पार्टीको केन्द्रीय समिति, को-को छन अरु ? (सूचिसहित)

श्रीमती, छोरा र स्वकीय सचिव राखेर बनाए वामदेव गौतमले पार्टीको केन्द्रीय समिति, को-को छन अरु ? (सूचिसहित)

साझा पोष्ट
मंगलबार, असार १४ २०७९
  • images
    श्रीमती, छोरा र स्वकीय सचिव राखेर बनाए वामदेव गौतमले पार्टीको केन्द्रीय समिति, को-को छन अरु ? (सूचिसहित)
    images
    काठमाडौं । कम्युनिष्ट नेता वामदेव गौतमले श्रीमती, छोरा र स्वकीय सचिव राखेर नयाँ पार्टीको केन्द्रीय समिति बनाएका छन । नयाँ नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको ६९ सदस्यीय केन्द्रीय समितिमा गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य छन् । यस्तै स्वकीय सचिव दीपक टमाटालाई पनि केन्द्रीय समितिमा राखिएको छ । एमालेकी सांसद एवं गौतमकी श्रीमती तुल्सी थापाको नाम दुई नम्बरमा छ भने छोरा हरिषदेव गौतमलाई पाँचौ नम्बरमा राखिएको छ । छैटौं नम्बरमा स्वकीय सचिव दीपक टमाटा छन ।गौतमले आफूलाई ललितपुर तथा श्रीमती र छोरालाई बर्दियाबाट प्रतिनिधित्व गराएका छन । विवादित व्यक्ति डीबी कार्की पनि उनको पाटीमा छन । तत्कालीन संविधान सभा सदस्य कार्की प्रहरीमा भर्ना गराई दिने भन्दै पैसा उठाएको अभियोग लागेपछि निलम्बनमा परेका थिए । ९ सदस्यीय सचिवालय हुनेछ । त्यस्तै, सल्लाहकार समिति र राष्ट्रिय परिषद समेत गठन  गरिएको छ । यी हुन् नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्य:  तोफा यादव, ज्ञानुमाया रिजाल, दिपक कुमार टमाटा, कमल बस्नेत, रवि खाँ, मो। शेरवागवान, उदयराज अधिकारी, इमानसिंह भारती, युवराज पौडेल, महेन्द्र अर्याल, डिल्ली भट्टराई, रामप्रकाश अधिकारी, नवराज ढुंगाना, ओम चालिसे, डिबी कार्की, डा कुमार आचार्य, भगवती विष्ट, डा प्रकाश मान श्रेष्ठ, दीपेश न्यौपाने, हरिबन्दु गुम्ता, शम्भु पाण्डे, देवी ओझा, गोपी गिरी, दुर्गा भण्डारी, धनञ्जय खनाल । डा. रमेश खरेल, पविता लिम्बु, युवराज सफल, द्वारिका निरौला, तेजबहादुर कार्की, भगवती ढकाल, विष्णुराज अर्याल, कृष्णगोपाल बञ्जारा, गुणबहादुर बञ्जारा, सुरेशरत्न बज्राचार्य, मीननाथ देवकोटा, सरस्वती न्यौपाने, सरस्वती अधिकारी, निलकण्ठ पौडेल, नवीन ढकाल, रामचन्द्र भण्डारी (कुमार), प्रमोद उपाध्याय, रामकृष्ण चौलागाईँ, उर्मिला श्रेष्ठ, रामबहादुर भण्डारी, राजकुमार हुमागाईं, राधेश्याम गुप्ता, कुन्ती पाठक, मञ्जु गुरुङ, हरि काफ्ले, लोकनाथ धमला, लोम्साङ शेर्पा, गीता थापा, डोलराज अर्याल, रवीन्द्र बम, सञ्जय अधिकारी, नीमकान्त पाण्डे, रामकुमारी महर्जन, डोलराज अर्याल, प्रवेश महत क्षेत्री, डा. केशवराज खड्का, ज्योती गिरी, अप्सरा उप्रेती, मेनका कार्की, शोभा पाठक ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार