सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मलाई बदनाम गर्न टिपेक्स लगाएर पत्रमा मिति संशोधन गरियो: केपी शर्मा ओली

मलाई बदनाम गर्न टिपेक्स लगाएर पत्रमा मिति संशोधन गरियो: केपी शर्मा ओली

साझा पोष्ट
मंगलबार, असार १४ २०७९
  • images
    मलाई बदनाम गर्न टिपेक्स लगाएर पत्रमा मिति संशोधन गरियो: केपी शर्मा ओली
    images
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति हेरफेर गरिएको दाबी गरेका छन् । मदन भण्डारी जयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ओलीले सार्वजनिक भएको तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको पत्रको वैधानिकतामा प्रश्न उठाएका हुन । पत्रको मिति संशोधन गरिएको ओलीले दाबी गरे । २७ अक्टोबर २०१५ मा आफू प्रधानमन्त्री भएको बेला पत्र पठाएको भनिए पनि त्यसअघि नै पत्र पठाइसकेको हुन सक्ने ओलीको जिकिर छ । आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको ओलीले तर्क गरे । 'म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । टिपेक्स लगाएर हातले लेखेको स्पष्ट हुन्छ । ’ ओलीले भने– हातले नलेखेको कहिलेको मितिमा पठाएको हो, त्यो ल्याऊ । ओरिजिनल पत्र देखाऊ ।’ उनले आफू प्रधानमन्त्री नहुँदै सेनाले अमेरिकी दूतावासमा पत्र पठाएको भन्दै आफ्नो पक्षमा बोलिदिन अमेरिकालाई समेत आग्रह गरेका छन ।‘म प्रधानमन्त्री नहुँदै अमेरिकी एम्बेसीमा पठाएको हो, अमेरिकी एम्बेसीले पनि सत्य बोलोस् नभए चलानी नम्बर किन हातले लेखेको ? ’ उनले प्रश्न गरे । एसपीपीमा विवाद भइरहेका बेला ओली प्रधानमन्त्री भएको ३ दिनपछि तत्कालीन प्रधानसेनापतिले अमेरिकी राजदूतलाई पत्र पठाएको हालै सार्वजनिक भएको थियो ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार