सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रचण्डलाई घनश्यामको जवाफः एमालेमा रोपेको भनिएको बीउ उम्रिन्न, हाइब्रिड चाहिन्छ

प्रचण्डलाई घनश्यामको जवाफः एमालेमा रोपेको भनिएको बीउ उम्रिन्न, हाइब्रिड चाहिन्छ

साझा पोष्ट
बुधबार, असार १५ २०७९
  • images
    प्रचण्डलाई घनश्यामको जवाफः एमालेमा रोपेको भनिएको बीउ उम्रिन्न, हाइब्रिड चाहिन्छ
    images
    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने टिप्पणी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको भनाइ छ । वामपन्थी नेता सिद्धिलाल सिंहको अभिनन्दन कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै भुसालले प्रचण्डलाई जवाफ फर्काएका हुन् । आजै पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले एमालेभित्र माओवादीको बीउ रोपेको र केही समयमा फल्ने बताएका थिए । ‘प्रचण्डले आजै एक कार्यक्रममा एमालेमा माओवादीको बीउ रोपेका छौं भन्नु भएछ, त्यो एउटा धारालाई संगठित गर्नका लागि जे भन्नु भएको छ, आजको आवश्यकतालाई बुझ्नु भएन,’ भुसालले भने, ‘यी बीउ नउम्रने बीउ हो । रैनाथे परापूर्वका बीउले अहिलेको आवश्यकता पूरा गर्न सक्दैनन् । हाइब्रिड बनाउँदै अझ उत्पादन गर्ने बीउ चाहिन्छ ।’ भुसालले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अब हाइब्रिड बीउको आवश्यकता रहेको बताए । ‘एमाले, माओवादी वा समाजवादीको बीउ अब चल्दैन, अस्ति नेकपा हाइब्रिड थियो । तर हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौं ।’ भुसालले भने, बिउ सुरक्षित छन्, यसलाई फेरि हाइब्रिड बनाउनुपर्छ । एमालेभित्र विद्रोहको बीउ रोपिएको छ, केही समयमा परिणाम आउनेछ : प्रचण्ड

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार