सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

देउवाविरुद्ध रणनीति बनाउन शेखर समूहको छुट्टै बैठक, संस्थापन पक्षको काउन्टर

देउवाविरुद्ध रणनीति बनाउन शेखर समूहको छुट्टै बैठक, संस्थापन पक्षको काउन्टर

साझा पोष्ट
बिहीबार , असार १६ २०७९
  • images
    देउवाविरुद्ध रणनीति बनाउन शेखर समूहको छुट्टै बैठक, संस्थापन पक्षको काउन्टर
    images
    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गुटको भेला रोक्न इतर समूहलाई चेतावनी दिएका छन् । गुटको भेलाले पार्टीमा कसैको पनि हित नगर्ने भन्दै उनले यस्ता भेला रोक्नु पर्ने बताएका हुन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको निष्कर्ष निकाल्दै शेखर समूहले देउवाविरुद्ध काउन्टर रणनीति बनाउने भन्दै आज गुटको भेला बोलाएको छ । देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो । बिहीवार आज कोईरालाको सचिवालयमा उक्त समूहको बैठक बस्दैछ । यो समूहको बैठकले स्थानीय चुनावको समीक्षाका साथै आगामी चुनावको रणनीति र पार्टीमा देउवाले गरिरहेको एकलौटीका बारेमा पनि छलफल गरेर ठोस रणनीति बनाउने तयारी गरेको छ । तर प्रवक्ता महतले अहिले उठिरहेका विषयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरिरहेका बेला गुटको भेला बोलाउन उचित नहुने बताए । उनले पार्टीको आन्तरिक जीवनका सबै विषयबारे पार्टी बैठकमै छलफल गर्न शेखर समूहलाई आग्रह गरे । ‘गुटको भेला बोलाएको सुन्नमा आयो । यो बेला गुटको भेला राखिनु पार्टीको हितमा छैन । केन्द्रीय समितिको बैठक बस्नेवाला छ । असहमतिका कुराहरू त्यहाँ राखे भैहाल्यो नि’ उनले भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार