सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बागमती प्रदेशमा सत्ता गठबन्धन धरापमा, मुख्यमन्त्रीविरुद्ध कांग्रेस-माओवादीको हस्ताक्षर संकलन

बागमती प्रदेशमा सत्ता गठबन्धन धरापमा, मुख्यमन्त्रीविरुद्ध कांग्रेस-माओवादीको हस्ताक्षर संकलन

साझा पोष्ट
बिहीबार , असार १६ २०७९
  • images
    बागमती प्रदेशमा सत्ता गठबन्धन धरापमा, मुख्यमन्त्रीविरुद्ध कांग्रेस-माओवादीको हस्ताक्षर संकलन
    images
    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ता सहयात्री दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन गरेका छन्। गठबन्धनमा भएको सहमति अनुसार सहजै पद नछोड्ने भएपछि उनीविरुद्ध दुई पार्टीले हस्ताक्षर संकलन गरेका हुन् । गठबन्धनमा आधा कार्यकाल पाण्डे र आधा कार्यकाल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, पाण्डेले सहमतिअनुसार मुख्यमन्त्री पद काङ्ग्रेसलाई नछोड्ने बताएपछि उनीविरुद्ध काङ्ग्रेस र माओवादीले हस्ताक्षर नै सङ्कलन गरेका हुन्। पाण्डे गत कात्तिक ११ गते सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै नेकपा एकीकृत समाजवादीबाट वागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । आगामी आर्थिक वर्ष २०७९ ०८० को बजेट पास भएपछि काङ्ग्रेसलाई सत्ता सुम्पिने लिखित सहमति गरेका उनले पछिल्लो समय सार्वजनिक रुपमै सरकार परिवर्तन नहुने बताउँदै आएका छन् । उनी ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। पाण्डे मुख्यमन्त्री भएको आठ महिना पुगिसकेको छ । उनलाई माओवादीको २३, काङ्ग्रेसको २२, एकीकृत समाजवादीको १३ र जनता समाजवादी पार्टी जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो । कांग्रेसले सहमति अनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरेपनि पाण्डेले भने केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र पछाडि हट्ने भनेर पन्छिएपछि हस्ताक्षर संकलन गरिएको बुझिएको छ । हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री समेत फिर्ता बोलाउने तयारी भइरहेको स्रोतले जानकारी दियो । प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदले हस्ताक्षर संकलन थालेका हुन् । यसले सत्ता गठबन्धनमा धरापमा पर्न सक्ने आँकलन गरिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार