सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जसपाको किचलो विभाजनमा गएर टुंगिने, पार्टी फुटाउन यादव र भट्टराई सहमत

जसपाको किचलो विभाजनमा गएर टुंगिने, पार्टी फुटाउन यादव र भट्टराई सहमत

साझा पोष्ट
बिहीबार , असार १६ २०७९
  • images
    जसपाको किचलो विभाजनमा गएर टुंगिने, पार्टी फुटाउन यादव र भट्टराई सहमत
    images
    काठमाडौं । सत्तारुढ दल जनता समाजवादी जसपाको आन्तरिक किचलो विभाजनमा पुगेर टुंगिने भएको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच आपसी सहमतिमै पार्टी विभाजन गर्ने समझदारी जुटेको हो । हिजो बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा दुवै अध्यक्षबीच भएको तीन घण्टा लामो छलफलपछि हार्दिकतापूर्वक छुट्टिने सहमति बनेको जसपाका एक नेताले जानकारी दिए । उनका अनुसार भट्टराईले पूर्वनयाँ शक्ति पार्टीका नेता÷कार्यकर्ता जसपामा समायोजन हुन नसकेकाले छुट्टिने प्रस्ताव राखेकोमा उपेन्द्रले सहमति जनाएका हुन् । अब भट्टराईले अलग्गै पार्टी खोल्ने छन् । अहिलेको जसपा उपेन्द्रकै नेतृत्वमा रहनेछ । नेता–कार्यकर्ता र सांसदलाई पार्टी रोज्न दिनुपर्नेमा दुवै नेता सहमत भएको बताइएको छ । पछिल्लो समय यादव र भट्टराईबीच विवाद चर्किएको थियो । असार १३ गते भएको यादव पक्षको बैठकले भट्टराईसहित चार जना केन्द्रीय नेतालाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । त्यसपछि बढ्दै गएको विवादले पार्टी विभाजनको रुप लिनसक्ने अनुमान गरिएका बेला दुई अध्यक्ष मिलेरै पार्टी फोर्न सहमत भएका हुन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार