सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल एमालेद्वारा बहिष्कार

राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल एमालेद्वारा बहिष्कार

साझा पोष्ट
शुक्रबार, असार १७ २०७९
  • images
    राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल एमालेद्वारा बहिष्कार
    images
    काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै राजीनामा माग्दै आएको एमालेले आज पनि बैठक बहिस्कार गरेको हो । राजीनामा नदिने भए संसदीय छानविन समिति गठन हुनुपर्ने उसको माग छ । आफूहरुको मागको सुनुवाइ नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । यसअघि उसले अर्थमन्त्रीले जवाफ दिने बेला पनि बैठक बहिस्कार गरेको थियो । शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफलका गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमाले सांसदहरुले उठेर विरोध गरे । अध्यक्ष तिमिल्सिनाको अनुमति लिएर बोल्दै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराए । त्यसपछि एमाले सांसदहरु बैठक हलबाट बाहिर निस्किएका छन । । एमाले सांसदहरुले बैठक बहिष्कार गरे पनि अध्यक्ष तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिए ।एमाले नभएपनि राष्ट्रिय सभामा आर्थिक विधेयकमाथि छलफल चलिरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार