सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पूर्वमन्त्री जेपी गुप्ताको निष्कर्ष : उपेन्द्र यादवको पछि लाग्नु समय र मिशनको बर्बादी

पूर्वमन्त्री जेपी गुप्ताको निष्कर्ष : उपेन्द्र यादवको पछि लाग्नु समय र मिशनको बर्बादी

साझा पोष्ट
शनिबार, असार १८ २०७९
  • images
    पूर्वमन्त्री जेपी गुप्ताको निष्कर्ष : उपेन्द्र यादवको पछि लाग्नु समय र मिशनको बर्बादी
    images
    काठमाडौं । पूर्वमन्त्री जयप्रकाश गुप्ताले जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा लाग्नु समय र मिशनको बर्बादी हुने टिप्पणी गरेका छन । जसपा अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईका बीचमा तीब्र विवाद र संघर्ष चलिरहेका बेला गुप्ताले यादवको विरोध गर्दै बोलेका हुन । गुप्ताले डाक्टर भट्टराईले उठाएका चार वटा विषय जायज रहेको पनि बताएका छन । उनले डाक्टर भट्टराई ढिलो जागेको तर त्यो पनि ठीक नै रहेको बताउँदै भनेका छन– डा.साहेब, जब जागे तब सवेरा !  ’ 'आज आएर बल्ल डा बाबुराम भट्टराईले उपेन्द्र यादवकाबारे चार वटा कुरा खोज्नु भयोः १. उनी क्षेत्रीय कि राष्ट्रिय पार्टी बनाउन चाहन्छन् ? २. उनको गन्तव्य सत्ता हो कि राज्यको रूपान्तरण ? ३. उनको नेतृत्वको शैली एकल, निरंकुश कि सामुहिक नेतृत्व ? र ४. उनले पार्टीको संचालन विधिसंगत ढंगबाट चाहन्छन् कि स्वेच्छाचारी कार्यशैली ?'  गुप्ताले फेसबुकमा लेखेका छन-' आज पर्यन्त धेरै मुर्खहरूले समयमै यसको निरूपण तथा उनको पहिचान नगरी उनीसंग लागेर आफ्नो साख, समय र मिशनलाई बर्बाद गरे !' उपेन्द्र यादवसँग डाक्टर भट्टराईको संघर्ष चलिरहेका बेला गुप्ताले उपेन्द्र यादवसँग लाग्न चाहनेहरुले भट्टराईले उठाएका विषयलाई पहिल्यै सुल्झाउन सांकेतिक सुझाव दिएका छन । उनी लेख्छन– हुनसक्छ कि डा. साहेबको यो खोजी अब उप्रान्त उनीसंग लाग्न चाहनेहरूका लागि पहिल्यै सुल्झाउनु पर्ने बिषय हुन सक्छ।' त्यसमा उनले उपेन्द्र यादवको पछि लाग्नेहरुकै कमजोरी देखेका छन ।  'तर, एक पटकको असह्य, सहनै नसकिने प्रसव वेदनाकालमा “अब फेरी यस्तो किमार्थ नगर्ने” बारम्बार शपथ खाएकी नारीले बेदना कै कारणले अर्को पटक कहाँ त्यो बाटो छोड्दछिन् र?' गुप्ताले भनेका छन - उपेन्द्रसंग लाग्ने, उनलाई सजाउने, मसिहीकरण गरिरहने “सत्ता समर्पण र मुद्दा बिसर्जनवादी” हरूको लामो पंक्ति छ।'

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार