सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी चयन गर्ने सम्भावना न्यून

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी चयन गर्ने सम्भावना न्यून

साझा पोष्ट
शनिबार, असार १८ २०७९
  • images
    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी चयन गर्ने सम्भावना न्यून
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक प्रज्ञा भवनमा बिहान ११ बजे बोलाइएको छ । बैठकमा स्थानीय तहको निर्वाचनको चुनावी समीक्षा तथा गठबन्धन र आगामी चुनावबारे छलफल हुनेछ । तर, यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् । माओवादीले गत मंसिरमा आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले पुष्पकमल दाहाल प्रचण्डलाई फेरि अध्यक्ष चुनेको थियो । तर पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो भने गठन गर्न सकेको छैन । बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गर्नेछन् । अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो प्रस्ताव गर्ने कार्यसूची छ । तर महासचिवबारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यो बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको एक नेताले जानकारी दिए । शनिबार साँझ बसेको पूर्वस्थायी कमिटीका पूर्वपदाधिकारीको बैठकमा पनि यसबारेमा कुनै सहमति भएको थिएन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार