सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

तीन मन्त्री फिर्ता बोलाउन जसपा अध्यक्ष यादवको सिफारिस, प्रधानमन्त्रीले भट्टराई पक्षसँग छलफलपछि मात्रै निर्णय गर्ने

तीन मन्त्री फिर्ता बोलाउन जसपा अध्यक्ष यादवको सिफारिस, प्रधानमन्त्रीले भट्टराई पक्षसँग छलफलपछि मात्रै निर्णय गर्ने

साझा पोष्ट
आइतबार, असार १९ २०७९
  • images
    तीन मन्त्री फिर्ता बोलाउन जसपा अध्यक्ष यादवको सिफारिस, प्रधानमन्त्रीले भट्टराई पक्षसँग छलफलपछि मात्रै निर्णय गर्ने
    images
    काठमाडौं । आन्तरिक विवादकाबीच जनता समाजवादी पार्टी जसपामा मन्त्री हेरफेरको तयारी भएको छ । अध्यक्ष उपेन्द्र यादवले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउँदै नयाँलाई सिफारिस गरेका छन् । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई अध्यक्ष यादवले फिर्ता बोलाएका छन् । उनीहरुको स्थानमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंहलाई सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुपमा सिफारिस गरिएको यादव निकटले बताएका छन् । जसपामा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच मतभेद उत्कर्षमा छ । आन्तरिक विवादमा भट्टराई क्याम्पमा रहेका तीनैजनालाई आफूतिर तानेर यादवले मन्त्रीमा सिफारिस गरेका हुन् । हटाउन खोजिएकामध्ये महिन्द्र भट्टराई समूहका हुन् भने अन्य दुईजना यादव निकट मानिन्छन् । आइतबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष यादवले नयाँ मन्त्रीको सूची बुझाएका छन् । यद्यपी आन्तरिक विवाद चलिरहेकाले प्रधानमन्त्री देउवा असमञ्जसमा रहेको बालुवाटार निकट स्रोतले जनाएको छ । देउवा अध्यक्ष भट्टराईसँग सल्लाह गरेर मात्रै मन्त्रीपरिषद हेरेफेर गर्ने मुडमा छन् । भट्टराई पक्षले अब पार्टी विभाजन हुन लागेकाले दुई मन्त्री आफूले पाउनुपर्ने अडान राखेको छ । प्रधानमन्त्री देउवाले पनि भट्टराईको सहमति विना मन्त्री नफेर्ने आश्वासन दिएका छन् । नयाँ मन्त्री सिफारिस गर्दा उपेन्द्र यादवले भट्टराईसँग कुनै परामर्ष भने गरेका थिएनन् । वरिष्ठ नेता अशोक राई पक्षलाई रिझाउन उनले सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार