सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जर्मनी र भारतसहित पाँच देशका राजदूत युक्रेनबाट निष्काशित

जर्मनी र भारतसहित पाँच देशका राजदूत युक्रेनबाट निष्काशित

साझा पोष्ट
आइतबार, असार २६ २०७९
  • images
    जर्मनी र भारतसहित पाँच देशका राजदूत युक्रेनबाट निष्काशित
    images
    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देशनिकाला गरेका छन्। चार महिनादेखि जारी युद्धमा रसियाले पकड बनाउँदै लगिरहेका बेला उनले यो कदम चालेका छन ।जेलेन्सकीले चारवटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन्। उनले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । जेलेन्सकीले युरोपेली मुलुक जर्मनी, हंगेरी,चेक रिपब्लिक र नर्वेका राजदूलाई बर्खास्त गर्दै देश छाड्ने आदेश दिएका हुन्।युक्रेनमाथि आक्रमणका विषयमा रसियाको पक्षमा देखिएको भारतका युक्रेनस्थित राजदूत पनि यसमा परेका छन । पछिल्लो समय युक्रेन मामिलामा अमेरिका नेतृत्वको नेटो र युरोपेली मुलुकले हात झिक्दै गएका छन । रसियाले एकपछि अर्को भूभाग कब्जा तीव्र बनाएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार