सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

विदेशी मुद्रा संकटका कारण पाकिस्तानमा टोयोटा र सुजुकीका प्लान्ट बन्द

विदेशी मुद्रा संकटका कारण पाकिस्तानमा टोयोटा र सुजुकीका प्लान्ट बन्द

साझा पोष्ट
बिहीबार , साउन १२ २०७९
  • images
    विदेशी मुद्रा संकटका कारण पाकिस्तानमा टोयोटा र सुजुकीका प्लान्ट बन्द
    images
    काठमाडौं । पाकिस्तानका दुई ठूला कार एसेम्बलर टोयोटा र सुजुकीले अस्थायी रुपमा आफ्ना प्लान्ट बन्द गर्ने भएका छन्। आयातमा गरिएको कडाइले कच्चा पदार्थको अभाव निम्त्याएपछि र विनिमय दरमा ठूलो उतारचढाव आएपछि कम्पनीहरुले यस्तो निर्णय लिएका समाचार संस्था रोयटर्सले जनाएको छ । दुई कम्पनीले अर्को महिना प्लान्ट बन्द गर्नेछन । पाकिस्तानी सरकारले विदेशी मुद्रा सञ्चिति घट्नथालेको भन्दै केही हप्तायता आयातमा कडाइ गरिरहेको छ। पाकिस्तानमा अहिले विदेशी मुद्रा संकट गहिरिँदै जाँदा स्वदेशकै मुद्राको अवमूल्यन भएको छ भने चालू खाता घाटाको अन्तर फराकिलो हुँदै गएको छ। पाकिस्तानी रुपैयाँ वर्षगत तुलनामा २० प्रतिशतले अवमूल्यन भएको छ। आयातमा कडाइ गर्दा यसमै निर्भर उद्योगहरुमा भएका कच्चापदार्थ सकिएको छ भने केन्द्रीय बैंकले लेटर्स अफ क्रेडिटको प्रमाणीकरणमा ढिलाइ गरेको छ। बैंकहरुमा डलरको अभाव खट्किन थालेको छ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार