सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रुसको आक्रमणमा यूक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको निधन

रुसको आक्रमणमा यूक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको निधन

साझा पोष्ट
सोमबार, साउन १६ २०७९
  • images
    रुसको आक्रमणमा यूक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको निधन
    images
    काठमाडौं । रुसको मिसाइल आक्रमणमा परी युक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको मृत्यु भएको छ। ७४ वर्षीय ओलेक्सी वादातुर्स्की र उनकी पत्नी रायसाको मृत्यु भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार उनीहरू दक्षिणी सहरी माइकोलायिभमा घरमै बसिरहेका बेला आइतबार रूसले गरेको हवाई आक्रमणमा समाचारमा जनाइएको छ । वादातुर्स्की अन्न निर्यात गर्ने कम्पनी निबुलोनका मालिक हुन। उनलाई ‘युक्रेनको हिरो’ का रूपमा सम्मान गरिएको थियो। फोर्ब्सका अनुसार सन् २०२० मा उनीसँग ४५ करोड डलर बराबरको सम्पत्ति थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वादातुर्स्कीको निधन राष्ट्रका लागि ठूलो क्षति भएको बताएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार