सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख जवाहिरी मारिए

अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख जवाहिरी मारिए

साझा पोष्ट
मंगलबार, साउन १७ २०७९
  • images
    अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख जवाहिरी मारिए
    images
    काठमाडौं । अमेरिकी ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरी मारिएका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतबार अफगानिस्तानको राजधानी काबुलमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्। बाइडनले जवाहिरीले अमेरिकी नागरिक विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको आरोप लगाउँदै अब न्याय मिलेको भन्दै आतङ्कवादी नेता जवाहिरी जीवित नरहेको बताएका ‍बिबिसीले जनाएको छ । घरमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र हानेको थियो। परिवारका अन्य सदस्यसँगै भए पनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको अधिकारीहरूले दाबी गरेका छन्। ७१ वर्षीय अल-कायदा नेता विरूद्ध आफूले लक्षित हमलाका लागि अन्तिम स्वीकृति दिएको राष्ट्रपति बाइडेनले बताएका छन्। ओसामा बिन-लादेन मारिएपछि जवाहिरीले अल-कायदाको नेतृत्व लिएका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार